कपडामा लुकाएर ल्याएको एक सय ३४ थान मोबाइल बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौँ, भदौ १९ । काठमाडौँ दिल्ली चल्ने ना ७ ख ३९९५ नम्बरको बसमा कपडामा राखेर ल्याएको १ सय ३४ वटा मोबाइल प्रहरीले बरामद गरेको छ ।

 

मोबाइललाई कपडामा फल्स बटम बनाई ल्याइएको प्रहरीको भनाई रहेको छ ।

 

अपराध महाशाखा टेकुले सोमबार पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकामा भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याएको कपडा भित्र मोबाइल रहेको सुराखी पाएको आधारमा बरामद गरिएको जनाएको छ ।

 

बसका चालक बलबहादुर दवाडी सहित जितेन्द्र डंगोल र पासांङ लामालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);