भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका–८ मधुमल्ल वतन भएका ३० वर्षीय पदम बहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मान सिंह विश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका–९ मिलनचोकका २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी रहेका छन् । 

जजिरा एयरको फ्लाइटद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका पदम बहादुरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप प्रहरीले बरामद गरेको छ । 

मान सिंह विश्वकर्माको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप प्रहरीले बरामद गरेको जनाएको छ । समिरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप फेला पारी सोधपुछ गर्दा उक्त सामानहरू भन्सार छलि ल्याउन गोकुलले लगाएको भनि खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुललाई समेत  प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई बरामद सामानहरू सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);