हिरा लुटपाटमा संलग्न तीन प्रहरी सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हिरा लुटपाटमा संलग्न तीन प्रहरी सहित ४ जना पक्राउ

काठमाडौं, १० चैत । हिरा लुटपाटमा संलग्न तीन जना प्रहरी सहित ४ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले लुटपाटमा संलग्न ३ प्रहरी र १ पत्रकारसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय २ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङको सिजुवा गाउँपालिका १ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् ।

पक्राउ परेका सुजन आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् । पक्राउ परेका उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. ५ चौकिटार गोगने बस्ने धनलक्ष्मी गुरुङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरु आइतबार साँझ हिरा लुटी फरार भएका थिए ।

लुटपाटको खबर पछि ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक बिकाश कुमार तामाङको कमाण्डमा खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई थाहा नगरपालिका वडा नं. ३ स्थित थाना बजारबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट हिरा एक थान, लोड गरिएको अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताउनुभयो ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश ३—०१—०२२ च ३३६२ नं. को कार समेत नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइने प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);