काठमाडौँ समातिएको ८८ किलो सुन ४३ करोड १ लाख ८८ हजार ६ सय ७९ रुपैयाँ बराबर (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौँ, १९ भदौ । नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको अवैध सुन बरामद भएको छ ।

महानगरीय अपराध महाशाखाले काठमाडौंको क्षेत्रपाटीबाट आज विहान ८८ किलो अवैध सुन बरामद गरेको हो । महाशाखाको टोलीले बा १७ च ६४२७ नम्बरको जीपबाट अवैध सुन बरामद गरेको हो । बरामद सुन ७ हजार ३ सय ९० तोला हुन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारुण गरेको मूल्य अनुसार बरामद सुनको मूल्य ४३ करोड १ लाख ८८ हजार ६ सय ७९ हुन्छ ।

प्रहरीले सुनसहित चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ । भारत पठाउन खोजिएको बरामद सुन केरुङ नाकाबाट रसुवा हुँदै भित्रिएको प्रहरीको पुष्टि छ । प्रहरीले अघिल्लो साता मात्र काठमाडौं र जनकपुरबाट १५ किलो सुन बरामद गरेको थियो । गत फागुन महिनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट ३५ किलो सुन बरामद गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);