कमलादीबाट बरामद गरेको १५ किलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कमलादीबाट बरामद गरेको १५ किलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन (भिडियाेसहित)

काठमाडौं, १३ साउन । मंगलबार कमलादीबाट बरामद भएको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको प्रहरीद्वारा पुष्टि,घटनामा २ थान पेस्तोल र २ थान म्यागजिन पनि बरामद । प्रहरीले काठमाडौंको कमलादीबाट मंगलबार बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि भएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत बरामद १५ किलो पहेंलो धातु परीक्षण गर्दा ५ सय ग्राम मात्रै सक्कली सुन भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले १५ किलो पहेंलो धातुमा आधा किलो मात्रै सुन भेटिएको र बाँकी साढे १४ किलोग्राम चाँदीमा बाहिर सुनको जलप लगाएको पुष्टि भएको बताउनुभयो ।

मंगलबार विहान कमलपोखरीको कृष्ण पाउरोटी नजिक चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडीको पिछा गर्ने क्रममा कमलादीमा फालेको सेतो रंगको झोलामा प्रहरीले उक्त धातु बरामद गरेको थियो । झोलामा अवैध हतियार समेत फेला परेको छ । माउजर लेखिएको २ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ थान म्यागजिन पनि बरामद भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);