वीरगञ्जको अपार्टमेन्टबाट २३ किलो सुन र २ किलो चाँदी बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वीरगञ्जको अपार्टमेन्टबाट २३ किलो सुन र २ किलो चाँदी बरामद

वीरगञ्ज, १ कार्त्तिक । वीरगन्ज स्थित एक अपार्टमेन्टमा पर्सा प्रहरीले छापा मारेको छ । प्रहरीको विशेष टोलीले शनिवार वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित रेशमकाेटीमा रहेको गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन र २ किलो चाँदी बरामद गरेको हाे ।

पर्सा प्रहरीले पत्रकार सम्मेलन गरेर २३ किलो सुन र २ किलो भन्दा बढी चाँदी बरामद गरेको जानकारी दिएको छ ।

पर्सा प्रहरीका प्रमुख गंगा पन्तको नेतृत्वमा गएको प्रहरीको टोलिले गणेश अपार्टमेन्टको तेस्रो तलाको फ्ल्याट नम्बर ३०३ बाट सुन र चाँदी बरामद गरेको प्रहरीले जानकारी दिएको छ । सो फ्ल्याटमा भारतको पूर्वी चम्पारन हरैया निवासी अशोक सिन्हा बस्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सो फ्ल्याटबाट एक केजीको १३ वटा सुनको विस्कुट , सुनको मझौला बिस्कुट ४६ थानको कुल ८ केजी ५७६ ग्राम , सानो सय ग्रामको १० थान एक केजी गरेर सुन कुल २२ केजी ५७६ ग्राम बरामद गरेको छ । त्यस्तै सुनका गर गहना ६८१ ग्राम पनि बरामद भएका छन् ।

त्यस्तै चाँदीका गर गहना तथा थाल लगायतका भाँडा गरेर कुल २ केजी २६२ ग्राम पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय , वीरगञ्ज पर्साले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);