२ किलो सुनसहित कार र चालक सशस्त्रको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

२ किलो सुनसहित कार र चालक सशस्त्रको नियन्त्रणमा

काठमाडौं, ११ असार । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट करीब दुई किलो सुनसहित कार र कारका चालकलाई असार ९ गते राति सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कारका चालक दाङ जिल्लाको घोराही नगरपालिका १० बस्ने ३१ बर्षिय हुमानन्द गिरीलाई बिओपी बयरघाटले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले कारलाई जाँच गर्दा कारको गियर बक्समा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको दुई वटा ईट्टा आकारको सुन फेला परेको हो ।

रुपन्देहीस्थित सिद्धार्थनगर सुन चाँदी व्यवसायी संघले सुन भएको प्रमाणित गरेको र उक्त सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलि ग्राम र बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ४५ पैसा रहेको छ ।
नियन्त्रणमा लिइएका गिरीलाई कार र बरामद सुनसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);