जुत्तामा लुकाएर राखेको एक किलो अवैध सुन सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जुत्तामा लुकाएर राखेको एक किलो अवैध सुन सहित ३ जना पक्राउ

दाङ, २३ असोज । दाङमा प्रहरीले एक किलो अवैध सुनसहित ३ जनालाई पक्राउ गरेको छ । विहीवार विहान करिब साढे ११ बजेतिर दाङको लमही नगरपालिका ९ अमिलिया स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश ३–०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कार लाई चेक जाँच गर्दा सोही कारमा सवार सम्मान कुमार श्रेष्ठले लुकाएर राखेको उक्त परिमाणको सुन फला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

श्रेष्ठले दायाँ बायाँ जुत्तामा इमिरेट्स गोल्ड र इस्तानबुल गोल्ड रेफिनरी मेटेर र एसेयर लेखेको ५÷५ सय ग्राम सुन फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनु भयो ।

साथै श्रेष्ठको साथबाट २ तोला ३.०६ आनाको सुनको सिक्री र नगद ६० हजार बरामद भएको हो । त्यस्तै गाडी चालक घोराही १५ का सुवास श्रेष्ठ र सोही गाडीमा सवार अर्का अपुर्व थैव श्रेष्ठलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अपुर्व थैव श्रेष्ठको साथबाट एउटा चाँदीको सिक्री र नगद ११ सय २० र चालक श्रेष्ठको साथबाट नगद १२ हजार २५० बरामद भएको प्रवक्ता खड्काले जानकारी दिनु भयो , साथै उनीहरुको बारेमा जिप्रका दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);