साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन

काठमाडाैं ।

लेखक तथा साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको छ । शनिवार राजधानी काठमाडौंमा एक समारोहकाबीच लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै लेखक अधिकारीले सङ्ग्रहमा समेटिएका लघुकथाहरू सत्य घटनामा आधारित रहेको र ती कथामार्फत मानवीय समवेदना तथा समकालीन समाजको यथार्थ चित्रण गर्ने प्रयास गरिएको बताउनु भयो ।

उहाँले पछिल्लो समय मानिसहरू परिवार र आफन्तभन्दा टाढिँदै आर्थिक पक्षतर्फ केन्द्रित भइरहेका सन्दर्भलाई कथामार्फत प्रश्तुत गरिएको पनि बताउनुभयो । विशेषगरी आमाको भुमिका, माया र आवश्यकतालाई कथामार्फत प्रश्तुत गरिएको उहाँको भनाइ छ । आमाको आँखा’लघुकथा सङ्ग्रहमा ४२ वटा कथा समावेश छन् ।–

Leave a Reply