सत्याल र स्पन्दनका कृति लोकार्पित | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

सत्याल र स्पन्दनका कृति लोकार्पित

काठमाडौँ, ४ असोज । साहित्यकार नर्मदेश्वरी सत्यालका ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य र ‘गुराँस झैँ’ बालकविता सङ्ग्रह र साहित्यकार जयन्ती स्पन्दनको बालकविता सङ्ग्रह ‘खेलौँ रमेर’को आज लोकार्पण र परिचर्चा गरिएको छ । साथै सत्यालका पति एवं स्पन्दनका पिता डा मदनप्रसाद सत्यालको हीरक जन्मजयन्ती मनाइएको छ ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको आयोजनामा भएको कार्यक्रममा नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य एवं सांसद रघुजी पन्तले साहित्यलाई जीवनसँग जोड्न बालसाहित्य महत्त्वपूर्ण विधा भएको बताउँदै हाम्रा बालबालिकालाई सानैदेखि मानवीय बनाउने काम गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले मुलुकको समृद्धिका पक्षमा र समाजमा चेतना फैलाउने कर्ममा साहित्यकारहरू लागिरहनुपर्ने बताउनुभयो । सङ्घका अध्यक्ष राम विनयले कृति विमोचन र जन्मदिनको संयोगलाई जोडेर कार्यक्रम गरिएको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार