खैरो हेरोईनसहित क्षेत्री पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

 खैरो हेरोईनसहित क्षेत्री पक्राउ

काठमाडौं,७ असार । अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने गिलो पदार्थ २ ग्राम २२ मिलिग्रामसहित भारत दार्जिलिङ पागाङ्ग गुम्बा, पैयोग खस्महल बस्ने २५ वर्षीय प्रध्युमा क्षेत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.प्र.०१.००६ ख ४५८८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका–८ सिम्पानीबाट अवैध लागूऔषध गाँजा ४ केजीसहित पर्सा पटेर्वा सुगौली गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण राउत थारूलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);