सुन, चाँदी तस्कर गर्ने दुई भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सुन, चाँदी तस्कर गर्ने दुई भारतीय पक्राउ

sun chadi taskar dhanusa

धनुषा, २७ फागुन । जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध रुपमा सुन चाँदी भारततर्फ तस्कर गर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

नेपालबाट भारत लैजाँदै गर्दा लाखौँ मुल्य बराबरका सुन र चाँदी सहित २ जना भारतीय नागरीकलाई प्रहरीले आईतबार पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ कुवामा प्रहरीले विशेष सुराकीको आधारमा भारततर्फ लग्दै गरेको ५ लाख २४ हजार ७ सय मुल्य बराबरका १०० ग्राम सुनको बाला, १६ लाख १८ हजार २ सय ५० मुल्य बराबरको २५ किलो चाँदी तथा ७० हजार मुल्य बराबरको भारतीय नम्बर प्लेटक पल्सर मोटरसाईकल गरी कुल २२ लाख १२ हजार ९ सय ५० मुल्य बराबरको सामान बरामद गरेको हो ।

अवधै सुन चाँदीसँगै प्रहरीले दुई भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला बासोपट्टी वडा नं. ४ का ३७ वर्षिय कृष्ण कुमार महतो सुडी र ३० वर्षिय रुपेश महतो सुडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलको ट्यांकीमा फल्स स्पेस बनाई चाँदी लुकाएर लान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला कार्यालय प्रहरी धनुषाले जानकारी दिएको छ । पक्राउ गरिएका सामानहरुलाई जनकपुर भन्सार कार्यालयमा बुझाई दुबै जनामाथि आवश्यक कारबाही भईरहेको प्रहरी उपरिक्षक खनालले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);