‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ

श्याम गुप्ता

बारा, २९ साउन । काठमाण्डौंको कमलादीमा १४ किलो नक्कली सुन बरामद प्रकरणमा फरार बाराका इल्ताफ हुसेन अंसारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट अंसारीलाई पक्राउ गरेको हो ।

सुन प्रकरणमा प्रयोग भएको बा.६.च.५५११ नम्बरको गाडी अंसारी कै रहेको प्रहरीले जनाएकाे छ । प्रहरीले साँढे १४ किलो सुन लेपन गरेको चाँदी र दुई थान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाए पछि उनी स्कोर्पियो गाडी छाडेर अंसारी भागेका थिए ।

सुन प्रकरणमा प्रहरीले भारतीय नागरिकहरू देवान पटेल , कौशल पटेल , विजय पटेल , निलेश सखिया , ट्याक्सी चालक संदिप गुरुङ्ग , न्युरोडमा मोबाईल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ , न्युरोड कै सुन पसलमा काम गर्ने मनिष मल्लिक सहिँत प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

घटनामा निर्दोष देखिएको जिल्ला सरकारी वकिलको कार्यालय , काठमाण्डौंले गुरुङ्गलाई छाड्न निर्देशन दिए पछि उनलाई थुना मुक्त गरिएको थियो, भने भारतीय नागरिक संजय पटेल फरार सूचीमा छन् ।

गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर ठग्ने योजना बनाएको देखिएको छ । उक्त गिरोहका सदस्य चाँदीमा जलप लगाईएको सुन भारतको राजस्थान लगेर ठूला व्यापारीलाई ठग्ने योजनामा रहेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले घटना लगत्तै १५ किलो सुन बरामद गरिएको जनाएको थियो । पछि जाँच गर्दा साँढे १४ किलो चाँदी पुष्टि भएको थियो , भने आधा किलो मात्रै सुन भेटिएको थियो । निजगढबाट पक्राउ परेका इल्ताफलाई अहिले काठमाण्डौं लैजाने तयारी हुँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);