सुन तस्करीको आरोपमा दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सुन तस्करीको आरोपमा दुईजना पक्राउ

sun taskari pakrau

कैलाली, २३ फागुन । जिल्ला प्रहरी कार्यालय कैलालीले सुन तस्करीमा संलग्न दुई जनालाई बिहीबार सार्वजनिक गरेको छ । बुधबार राति विशेष सूचनाको आधारमा प्रहरीले लम्की चुहा नगरपालिका वडा नम्बर ३ चिसापानी प्रहरी चेक पोष्टबाट अवैध सुन र चाँदी सहित दुई जनालाई पक्राउ गरेको थियो ।

कुमार सैजु र कैलारी गाउपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीया सिता कुमारी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चेकपोष्टमा चेकजाँच गर्ने क्रममा सैजुले बा १९च ७४१३ नम्बरको कारबाट दुई किलो दुई सय ३२ ग्राम सुन र चाँदीका सरसामान बरामद गरेको बिहिबार पत्रकार सम्मेलन गरि कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाले जानकारी दिए ।

पक्राउ परेका सैजु निलम सुन चा“दी पसलका व्यापारी हुन भने चौधरी सोही कारमा सवार रहेकी थिइन् । कैलाली प्रहरीले कारबाट २ किलो दुई सय ३२ ग्रामको सुनको टुक्रा १२ थानसहित सुन चाँदीका विभिन्न गरगहना र सामान पनि बरामद गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);