सरकारको कडाइका बाबजुद् सुन तस्करी रोकिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सरकारको कडाइका बाबजुद् सुन तस्करी रोकिएन

sun

काठमाडौं, १८ असार । सरकारले विशेष समिति गठन गरेर सुन तस्करीको छानविन गर्दै आएपनि तस्करहरुले काठमाडौंलाई ट्रान्जिट प्वाइट बनाउन भने छाडेका छैनन् ।

तस्करहरुले चीनको केरुङबाट भित्र्याएर भारतमा सुन तस्करी गर्ने क्रम मौलाएको छ । प्रहरीले दुई दिन लगातार अवैधरुपमा भित्र्याइएको ९ किलो सुन बरामद गर्नुले तस्करी मौलाएको देखाएको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाले भारतीय गाडी प्रयोग गरी तस्करीको तीन किलो सुन बरामद गरेको भोलिपल्ट फेरि ६ किलो सुन समातेको छ । प्रहरीले चीनको केरुङबाट भित्र्याएर मोटरसाइकलमा भारततर्फ लान खोज्ने क्रममा गएराति ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परका व्यक्तिको विवरण र मोटरसाइकल नम्बर भने गोप्य राखेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले लगातार तस्करीको सुन समातिनुले तस्करीमा धेरैको संलग्नता हुनसक्ने देखिएको भन्दै पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको बताए । प्रहरीले शनिबार नागढुंगाबाट तीन किलो सुनसहित तीन जना भारतीय र दुई नेपालीलाई पक्राउ गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);