सीमा प्रशासनमा दुई वर्षदेखि ताला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सीमा प्रशासनमा दुई वर्षदेखि ताला

sima prasasan

काठमाडौं, १८ असार । ब्यास गाउँपालिका–१ छाङरुमा रहेको सीमा प्रशासन कार्यालय दुई वर्षदेखि बन्द छ । एकजना सहयोगीले कार्यालय कुर्दै आए पनि पछिल्ला दुई वर्षयता ती कर्मचारी ब्यास उक्लिएका छैनन् ।

भारत र चीनको सीमा क्षेत्र ब्यासमा ६ महिनाका लागि कार्यालय सञ्चालनमा आउँथ्यो । हिउँदमा सदरमुकाम खलंगा सार्ने चलन थियो । अहिले कार्यालयको ढोकामा ताला झुन्डिएको स्थानीय जितसिंह बोहराले बताए । सरकारले सीमा प्रशासनका लागि शाखा अधिकृतसहित ५ जना कर्मचारीको दरबन्दी तोकेको छ ।

सीमामा दरबन्दी भएका नायब सुब्बा र कार्यालय सहयोगी भने सदरमुकाम खलंगास्थित जिल्ला प्रशासन कार्यालयमा काम गरिरहेका छन् । नायब सुब्बाले नागरिकता फाँटको काम हेरिरहेका छन् । खलंगामा पनि सीमा प्रशासनले ४ कोठे भवन भाडामा लिएको छ । तर, खलंगा र छाङरु दुवै ठाउँमा सीमा प्रशासन कार्यालय सञ्चालनमा नआएको स्थानीयले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);