कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय, दुई वर्षदेखि राजश्व संकलन शून्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय, दुई वर्षदेखि राजश्व संकलन शून्य

मुगु । हिमाली जिल्ला मुगुको एक सरकारी कार्यालय दुई वर्षदेखि सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।  जिल्लाको एक मात्रै अन्तरदेशीय नाका नाक्चेलाग्ना भन्सार कार्यालय करिब दुई वर्षदेखि कार्यालय सहयोगीको भरमा सन्चालन हुँदै आएको हो ।

जिल्लाको पूर्वी नाका नाक्चेलाग्ना भन्सार कार्यालयमा कर्मचारीहरू नहुँदा दुई वर्षयता दुई जना  कार्यालय सहयोगीको जिम्मामा छ । उक्त कार्यालयमा दरबन्दीअनुसार नायब सुब्बा र खरिदार हुनुपर्ने हो । तर दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगीले चलाइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार भन्सार कार्यालयहरूलाई सरकारको लक्ष्य पूरा गर्नुपर्ने दायित्व पनि हुन्छ । तर यहाँको कार्यालयको भने गत वर्ष र यस वर्ष राजश्व संकलन शून्य रहेको कोष तथा  लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख लक्ष्मीचन्द्र हमालले बताए । भन्सार कार्यालयमा वर्षको एकपटक सीमानाकामा हाट बजार लाग्ने गथ्र्याे अहिले हाट बजार पनि लाग्न छोडेको छ ।

दुई ठाउँमा कार्यालय स्थापना 
जिल्लामा दुई वटा भन्सार कार्यालयको छन् । सीमा नाका मुगुगाउँमा रहेको एक व्यक्तिगत घरमा र अर्काे सदरमुकाम गमगढी बजारमा घर भाडा लिई कार्यालय चलाइएको छ । यहाका कतिपय स्थानीयलाई भन्सार कार्यालय कहाँ छ ? कस्तो छ ? के गर्छ ? भनेर अत्तो पत्तो समेत छैन । उनीहरूले कार्यालय बारे थाहानै भनएको र नाम मात्र सुनेको बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);