एसईई नतिजा प्रकरणः नियन्त्रक रेग्मी तानिए मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एसईई नतिजा प्रकरणः नियन्त्रक रेग्मी तानिए मन्त्रालय

ambika prasad regmi

काठमाडौं, १८ असार । केही दिनअघि सार्वजनिक भएको ०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा परीक्षा नियन्त्रण कार्यालय (पनिका) को असावधानी देखिएको छ ।

शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा असावधानी र प्राविधिक त्रुटिका कारण दुई दिन फरक फरक नतिजा आएको ठहर गरेको छ ।

नतिजामा त्रुटि भएको ठहरपछि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी शिक्षा मन्त्रालय तानिएका छन् । छानबिन समितिले असावधानी र प्राविधिक त्रुटि भएको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाएपछि रेग्मी मन्त्रालय तानिएका हुन् ।

रेग्मीको जिम्मेवारीमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि परीक्षा नियन्त्रकको जिम्मेवारी समेत दिइएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);