एसइइ नतिजा असारको दोस्रो साता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एसइइ नतिजा असारको दोस्रो साता

exam board

पिएन ओझा

भक्तपुर, २४ जेठ ।  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा आगामी असारको दोस्रो साता भित्र प्रकाशित गर्ने तयारी गरेको छ । उत्तर पुस्तिका परीक्षणको काम अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

एसईर्ई दिएका पौने पाँच लाख विद्यार्थीको भविष्य आगामी असारको दोश्रो साता भित्र कोरिने छ । गत चैत १० गतेदेखि भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले असारको दाश्रो साता भित्र गर्ने तयारी गरिरहेको छ । सबै परीक्षा केन्द्रबाट उत्तरपुस्तिका संकलन गरी बोर्डले अहिले अन्तिम परीक्षण गरिरहेको छ । ५९ वटा उत्तरपुस्तिका परीक्षण केन्द्र मध्ये ६ वटा केन्द्रको मात्र परीक्षण गर्न बांकी रहेको छ । परिक्षण भएका उत्तर पुस्तिकाको डाटा ईन्ट्र«ी गर्ने र रुजु गर्नेकाम भइरहेको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका परिक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ७४ हजार ९ सय ८७ जना परीक्षार्थीले परीक्षा दिएका छन् । परीक्षा दिनेमा छात्रभन्दा छात्राको संख्या बढी छ । परीक्षामा २ लाख ३८ हजार ५ सय ४८ छात्रा तथा २ लाख २६ हजार ४ सय ३९ छात्र रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले प्रविधिको सहायताले असार दोस्रो सातासम्म केन्द्रबाट नै नतिजा प्रकाशित गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो ।

एसईई दिएका पौने पाँच लाख विद्यार्थीको लागि यसवर्ष सातवटै प्रदेशमा गरी कुल १ हजार ९ सय ३९ परीक्षाकेन्द्र तोकिएको थियो । अन्तिम तयारीमा रहेको एसईईको परीक्षा ग्रेड मूल्याँकनको आधारमा हुनेछ । गत वर्ष एसईईको नतिजा सार्वजनिक गर्दा त्रुटी भएपछि प्राविधिक त्रुटी भनी पन्छिएको थियो । पछि शिक्षा मन्त्रालयद्वारा गठित छानिबिन समितिले परीक्षा नियन्त्रण कार्यालयको त्रुटी भन्दै पदाधिकारीलाई कारबाही गरेको थयो । यस वर्ष त्रुटी नदोहोरियोस भन्नेतर्फ परीक्षा बोर्डले उच्च सतर्कता अपनाएको छ । परीक्षाको नतिजा परीक्षा बोर्डले सबै प्रदेशको एकै दिन सार्वजनिक गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);