हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति, दुईको मृत्यु, सय भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति, दुईको मृत्यु, सय भन्दा बढी घाइते

kailali hawahuri

कैलाली , २४ जेठ । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पु¥याएको छ ।

कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा गोदावरी नगरपालिका मझगाउँका अनुमानित २६ वर्षीय वीरबहादुर चौधरी रहेको कैलालीका एसपी सुदीप गिरीले बताउनु भएको छ । घाइतेको उद्धार गरी विभिन्न अस्पतालमा पु¥याइएको छ । बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको छ ।

हावाहुरीका कारण बिजुलीका पोलहरु ढलेका छन् बाटो अवरुद्ध भएको छ, घरका छानाहरु उडाएका छन् भने ढलेका रुखले गाडी थिचेको अवस्था छ । अहिले घाइतेको उद्धारको काम भइरहेको छ । बिजुलीका पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको एसपी गिरीले बताउनु भएको छ । आज विहानै देखी काठमाडौ उपत्यकाको जनजीवान पनि हावाहुरीको कारण अस्तव्यस्त रहेको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);