सिरहामा हावाहुरीका कारण एकको मृत्यु, ४ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिरहामा हावाहुरीका कारण एकको मृत्यु, ४ घाइते

hawahuri

सिरहा, २६ बैशाख । बुधबार विहान आएको हावाहुरीले सिरहामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गाईगोठनजिकै टायरगाढामा सुतिरहेकी मिर्चैया नगरपालिका १० पिप्राकी ७५ वर्षिया सगुनी महतोको छाना र टाटीले किचिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिकामा पनि घरमा सुतिरहेका श्रीमानश्रीमती पर्खाल भत्किएर घाईते भएका छन् । गोलबजार नगरपालिका ४ का २३ वर्षीय रामजिवन ठाकुर र उनकी श्रीमती २० वर्षिया अंजली ठाकुर घाईते भएको प्रहरीले जनाएको छ । यस्तै सुखिपुर नगरपालिकामा पनि श्रीप्रसाद सरदार घाईते भएका छन् ।

हावाहुरी र वर्षाले जिल्लामा करोडौंको क्षति पुर्याएको छ । विद्युतका पोलहरु खसेपछी सिरहा, कर्जन्हा, कल्याणपुर, मिर्चैया, सुखिपुर, गोलबजार नगरपालिका, बिष्णुपुर, नरहा, अर्नामा, औरही, बरियारपट्टिलगायतका गाउँपालिकामा विद्युत ठप्प छन् ।

हावाहुरीले विद्यालय भवन, प्रहरी चौकी, आँप खेतीमा ठूलो क्षति गरेको छ । तरकारी बालीमा पनि ठूलै क्षति भएको कृषकहरुले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);