ट्याक्टरसँग मोटरसाईकल ठोक्किदा २ को मृत्यु, १ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ट्याक्टरसँग मोटरसाईकल ठोक्किदा २ को मृत्यु, १ जना घाइते

सिरहा, २० भदौ । सिरहामा रोकी राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । सिरहा चोहर्वा सडक खण्ड अन्र्तगत नरहा गाउँपालिका ५ पानबारी नजिकै बिग्रिएर रोकी राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

बिग्रिएर रोकि राखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा चोहर्वावाट सिरहा आउँदै गरेको नम्बर नभएको (अन टेस्ट) मोेटरसाईकल ठोक्किन पुगेको ईलाका प्रहरी कार्यलय मिर्चैयाका इन्चार्ज डिएपी सन्तुलाल जैसवालले बताउनु भयो ।

ट्याक्टरसँग ठोक्किएपछि मोटरसाईलमा सवार तीन जनाा गम्भीर घाईते भएका थिए । उपचारको क्रममा लहान स्थित राउ स्मारक अस्पतालमा सिरहा नगरपालिका ५ का १९ वर्षिय अमलेश महतो र २१ वर्षिय सुनिल कुमार सदाको मृत्यु भएको डिएसपी जैसवालले बताउनु भयो । सोही मोटरसाईकलमा सवार सिरहा नगरपालिका ५ का १९ वर्षिय मिथिलेश सदा गम्भीर घाईते भएको र थप उपचारको लागि विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।

यस अघि गत बुधवार राती सिरहा–चोहर्वा सडक खण्डको सिरहा नगरपालिका ११ भलुवाहीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको थियोे । उक्त दुर्घटनामा परी धनगढीमाई नगरपालिकाका कार्यपालिका सदस्य धनगढीमाई नगरपालिका १० का ५१ वर्षिय दिपक कुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीयाका ३५ वर्षिय सिल्टु ठाकुरको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);