कैलालीमा आजदेखि निषेधाज्ञा खुकुलो | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

कैलालीमा आजदेखि निषेधाज्ञा खुकुलो

कैलाली,२० भदाै । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै ५० प्रतिशत यात्रु बोकेर जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको छ । यस्तै बजार क्षेत्रमा पनि पसलहरु खोल्न अनुमति दिइएको छ ।

प्रशासनले भीडभाड नगरी निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो गरेको हो । होटल, रेस्टुरेन्टहरूले होमडेलीभरी र टेकअवे सेवा दिने गरी सञ्चालन गर्न पाइने छ । सेवाग्राहीको बढी भीडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादनबाहेक सेवा बन्द नै हुने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताउनुभयो ।

बैंक वित्तीय संस्थाले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउनेछन् । सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ । यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटीपार्लर, सैलुनलगायतका सेवा साथै बन्द नै रहने छन् । मेलाजात्रा, धार्मिक जात्राजस्ता क्रियाकलाप पनि बन्द नै रहने उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);