झापामा आजदेखि निषेधाज्ञा खुकुलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

काठमाडौं । झापामा जारी निषेधाज्ञा मंगलबारदेखि खुकुलो भएको छ ।

कोरोना संक्रमित संख्या बढेसँगै विगत दुई सातादेखि जारी गरिएको निषेधाज्ञा आजबाट खुकुलो गरिएको हो । खुकुलो गरिएको निषेधाज्ञा एक साताका लागि लागु हुने बताइएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीडीडीएमसीको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबै किसीमका पसल, सटर खुला गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

यद्यपी धेरै भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायतका पसल भने बिहान ६बजेदेखि बिहान १० बजेसम्म खोल्न पाइने छ । त्यसैगरी यातायातका साधन दिनभर सञ्चालनका लागि अनुमति दिइएको छ तर सिट क्षमताभन्दा बढी यात्रु नबोक्न आदेश दिइएको छ ।

हाटबजार, भेला, जुलुसजस्ता भीडभाड हुने कार्यक्रम गर्न प्रशासनले निषेध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);