काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो, निजी सवारीमा जोरविजोर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो, निजी सवारीमा जोरविजोर

काठमाडौं । कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार सम्पन्न बैठकले केही प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै १ हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेसँगै आजदेखि खुकुलो पारिएको हो ।

आजदेखि सुरु निषेधाज्ञाको नयाँ चरणमा साना सवारीसाधान कार जीप, भ्यानमा बढीमा चार जना ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरविजोर प्रणाली लागू गरी सञ्चालन गर्न पाइनेछ । त्यसैगरी आजदेखि केही प्रत्यक्ष सम्पर्क हुने तथा भिडभाड हुनेबाहेकका व्ययवसायसमेत आलोपालो गरी सञ्चालन हुनेछ ।

डिपार्टमेन्ट स्टोर्स, सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइनेछ । भने भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहने भएको छ ।

फुटपाथ र खुला ठाउँमा हुने व्यापार, होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्ध, भौतिक उपस्थितिमा पठनपाठन, सार्वजनिक सवारीका साधनहरुको सञ्चालनमा रोक लगाइएको छ ।

अत्यवश्यक सावारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य जिल्लाबाट पास बिहिन सवारीका साधान काठमाडौं उपत्यकामा प्रवेश रोक लगाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);