काठमाडौं महानगरको सहयोगः मेलम्ची नगरपालिकालाई २ करोड, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं महानगरको सहयोगः मेलम्ची नगरपालिकालाई २ करोड, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख

सिन्धुपाल्चोक । काठमाडौँ महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ ।

काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रमुख शाक्यले विपतको बेलामा आफूहरुले थोरै भएपनि सहयोग गरेको बताए ।

धेरै क्षति भएको भएपनि माया र आत्मीयताको कुनै मूल्य नहुने भन्दै उनले सिन्धुपाल्चोकको विपत्तिमा काठमाडौं महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने प्रतिवक्तता जनाए । पानी पर्ने सिजन अझै आउन बाँकी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप पूर्वाधारको क्षति हुन नदिन ध्यान दिनपनि आग्रह गरे ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री तामाङले विपतग्रस्त पालिकाहरुले विपत व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गरे । विगतमा विपत्तिहरुमा उठ्ने गरेको पैसा कानुनी जटिलताका कारण सम्बन्धित पीडितको हातमा नपरेको भन्दै उनले यस विपत्तिमा भने सबै पालिकाहरुले आ–आफ्नो कोष सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

देश विदेशबाट सहयोग गर्न चाहनेले सोही कोषमा जम्मा गर्न पनि मन्त्री तामाङले आह्वान गरे । उनले थप क्षति हुन नदिनका लागि पुर्ननिर्माणको काममा लाग्ने पनि बताए ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सूचना प्रवाह गरेका कारण मानवीय क्षति कम भएको उल्लेख गरे । विकास निर्माणको कामको संरचना क्षति हुँदा झनै समस्यामा परेको उनको भनाई छ । हाल अर्बौको क्षति भएको भन्दै अझै नदीले कटान गरिरहेकाले त्यसलाई न्यूनीकरणको लागि प्रयास गरिरहेको उनले बताए ।

असारको पहिलो दिनदेखि नै परेको लगातारको वर्षाका कारण सिन्धुपाल्चोकमा ठूलो क्षति पु¥याएको छ । कयौं घर डुबानमा परेका छन् भने सयौं स्थानीय विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);