मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई पोखरा महानगरको २० लाखको आर्थिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई पोखरा महानगरको २० लाखको आर्थिक सहयोग

कास्की । पोखरा महानगरपालिकाले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २० लाख आर्थिक सहयोग गर्ने भएको छ ।

पोखरा महानगरको आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २० लाख सहयोग गरिने जानकारी गराएकी हुन् ।

असारको सुरुबाट नै बाढीले ठूलो क्षति पु¥याएको सिन्धुपाल्चोकको दुवै स्थानीय तहलाई १०–१० लाख सहयोग उपलब्ध गराईने उपप्रमुख गुरुङले बताईन् । यसअघि काठमाडौं महानगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग रकम उपलब्ध समेत गराईसकेको छ ।

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);