बहुमत कार्यपालिका र नगरसभा सदस्यद्वारा ललितपुर महानगरको बजेट कार्यक्रम बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

बहुमत कार्यपालिका र नगरसभा सदस्यद्वारा ललितपुर महानगरको बजेट कार्यक्रम बहिष्कार

ललितपुर । ललितपुर महानगरपालिकाा कार्यपालिका सदस्यहरु एवं नगरपालिका सदस्यहरुले आफूहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

महानगरपालिकाले स्थानीय सरकार सञ्चार ऐन २०७४ को मर्म र भावनाको प्रतिकूल हुने गरी नगर सभा डाकिएको भन्दै त्यसको बहिष्कार गरेका छन् । कूल ३९ कार्यपालिका सदस्यहरुमध्ये बहुमत हिस्सा २६जना तथा ९२ नगर सभा सदस्यमध्ये ६६ जना उपस्थित नहुने भन्दै प्रेस विज्ञप्ति नै जारी गरी जानकारी गराइएको छ ।

नगर प्रमुखले असार ९ गते कार्यपालिकामा पेश गरेको नीति तथा कार्यक्रममाथि कार्यपालिकाका बहुमत सदस्यले अध्ययन गर्न पर्ने भन्दाभन्दै सोही दिन पास गर्नूपर्ने भनेर नगर प्रमुखले बलमिच्याइँ गरी आज नगरसभामा प्रस्तुत गर्न लागेको उनीहरुको आरोप छ ।

उनीहरुले सबैसँग संवाद समन्वय गरी कानुनी प्रक्रिया अनुरुप आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्न पनि विज्ञप्तिमार्फत् माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);