सरकारी मोटरसाइकलमा लागूऔषध कारोबार गर्ने कार्यालय सहयोगी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सरकारी मोटरसाइकलमा लागूऔषध कारोबार गर्ने कार्यालय सहयोगी पक्राउ

राजिव शाह,
सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले सोमबार साँझ सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध सहित एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराले धनकौल गाउँपालिका–३ निवासी २६ वर्षीय जयकिशोर सिंहलाई ना १ ब २२१२ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

सिंहको साथबाट लागूऔषध कोडिवेल कफ सिरफ सय एमएलको ३७१ बोतल बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले जानकारी दिए ।

मनुष्मारास्थित चेक प्वाईन्टमा रोकेर चेकजाँच गर्न खोज्दा फरार भएका सिंहलाई सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले बरहथवा नगरपालिका–८टाँडीबाट लागूऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् ।

सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);