पाल्पामा निषेधाज्ञा केही खुकुलो बनाउँदै १२ दिन थप | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पाल्पामा निषेधाज्ञा केही खुकुलो बनाउँदै १२ दिन थप

पाल्पा । पाल्पामा गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै थप १२ दिन बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार निषेधाज्ञा लम्ब्याईएको हो । पाल्पामा निषेधाज्ञा चौथो पटक थप गरिएको हो ।

जारी निषेधाज्ञा आज राति १२ बजेसम्मको लागि रहेको छ । त्यसमा थियो त्यसमा १२ दिन थप भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताए । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको कारण देखाउँदै निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जनाएको छ ।

असार १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने निषेधामा केही खुकुलो बनाउने निर्णय भएको छ । पाल्पामा अहिले कोरोना जाँच भएका सात सय ५६ सक्रिय संक्रमित मध्ये सात सय ३ होम आइसोलेशन र ५३ विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचाररत रहेका छन् ।

सोमबार बसेको बैठकले अत्यावश्यक सामग्रीका पसलहरु तरकारी, खाद्यान्न ,दुग्ध लगायतका पसल १० बजेसम्म खुल्नेमा एक घण्टा बढाएर ११ बजेसम्म पु¥याएको छ । त्यस्तै बैंक तथा वीत्तीय संस्थाहरु पनि १० बजेसम्मबाट ११ बजेसम्म पु¥याएको हो । यस पटक पुस्तक पसलहरु समेत बिहान ११ बजेसम्म खुल्ने भएका छन् ।

शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक विक्रीमा सहजीकरणका लागि पुस्तक पसल समेत खोल्ने निर्णय भएको हो । अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् भने सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);