पाल्पामा जेठ २४ गते रातीसम्म निषेधाज्ञा थपियो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाल्पामा जेठ २४ गते रातीसम्म निषेधाज्ञा थपियो

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले थप ९ दिन निषेधाज्ञा थप गर्ने निणर्य गरेको छ । १५ गतेसम्म रहेको निषेधाज्ञाको समयलाई ९ दिन थप गरेर जेठ २४ गते राती १२ बजेसम्मलाई लम्वाइएको पाल्पाको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निणर्य र सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञामा सबै खालका व्यपार व्यवसायहरु बन्द रहनेछन्, यस्तै सार्वजनिक सवारी, सरकारी कार्यालय, बैैक तथा वित्तिय संस्था, शैक्षिक संस्था बन्द रहने भएका छन् ।

खाध्यान्न, तरकारी पसल विहान दिनको एक पटक खुल्ने भएका छन्, औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);