सर्लाहीमा जेठ २५ गते सम्मका लागि निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्लाहीमा जेठ २५ गते सम्मका लागि निषेधाज्ञा थप

राजिव शाह,
सर्लाही । सर्लाहीमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा जेठ २५ गते सम्म निषेधाज्ञा थप गरिएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

निषेधाज्ञामा स्वस्थ्य सुरक्षा सञ्चार विद्युत खानेपानी, तराकारी ढुवानी लगायत अत्यावश्यक सवारी साधन भने संचालन हुने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

यसैगरि स्वास्थ्य संस्था, पेट्रोल पम्प खुला रहने छन् भने खाद्यान्न, फलफुल, तरकारी, दूध डेरी र ग्यास पसल बिहान ७ बजे देखि १० बजे सम्म मात्र खोल्न पाइने छन् ।

बैंक तथा बित्तिय संस्थाहरु नेपाल रास्ट्र बैंकको निर्देश अनुसार स्वस्थ्य मापदण्डको पुर्ण पालना गरि संचालन गर्न सकिने जनाइएको छ ।

डीसीसीएमसीको बैठकले सर्लाही जिल्लामा बैशाख २५ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);