पश्चिम नवलपरासीमा पुन एक साता निषेधाज्ञा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पश्चिम नवलपरासीमा पुन एक साता निषेधाज्ञा थप

नवलपरासी । पश्चिम नवलपरासीमा पुनः एक साता निषेधाज्ञा थप भएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले असार ७ गते सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । यसअघि जेठ २२ गतेदेखि लागु गरिएको निषेधाज्ञा अबधि जेठ ३१ गते सकिदैछ ।

यद्यपि थप गरिएको निषेधाज्ञालाई भने केही खुकुलो बनाइदै खाद्यान्न तथा तरकारी पसल बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय भएको छ । शहरी क्षेत्रमा निर्माण सामाग्री बोकेका सवारी साधनलाई साझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।

त्यस्तै वित्तीय संघसंस्थाहरुलाई पनि स्वास्थ्य सुरक्षा अपनाउदै बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । छिमेकी मुलुक भारतसँग जोडिएका सीमानाकाहरुबाट हुने आवतजावतमा भने पूर्णरुपमा बन्द जारी नै राखिने छ भने शैक्षिक संस्थाहरु पनि सञ्चालन गर्न रोक लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);