अमेरिकामा रहेका नेपालीद्धारा कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अमेरिकामा रहेका नेपालीद्धारा कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

भक्तपुर। अमेरिकामा बसोबास गर्दे आएका नेपालीले भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेको कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको जोखिम कायम रहेको भन्दै अमेरिकामा बसोबास गर्दे आएका नागरिकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामग्री अन्तर्गत दुई थान वेड, अस्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायतका समानहरु रहेका छन् । भक्तपुरको कटुञ्जेमा जन्मी हाल अमेरिकामा विभिन्न पेशा व्यवसाय र अध्ययन गरिरहेका विद्यार्थीहरुले सहयोग संकलन गरी ती सामग्री सहयोग गरेको स्वास्थ्यचौँकी सञ्चालन समितिका उपाध्यक्ष राम बहादुर थापाले बताए ।

सो अवसरमा सूर्य विनायक नगरपालिका प्रमुख बासुदेव थापाले नगरपालिकाले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीतितथाकार्यक्रम र बजेट ल्याउने बताए । जगतीमा सूर्य विनायक नगर अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);