चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीलाई धम्की दिनु आप्पत्तिजनक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीलाई धम्की दिनु आप्पत्तिजनक

काठमाडौँ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई नाजायज दबाब दिएको भन्दै बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले बिरोध गरेका छन् । आइतबार एक विज्ञप्तिमार्फ उनीहरुले प्रधानमन्त्री निवासलाईनै गुण्डागर्दीको थलो बनाउन लागेको संज्ञा दिदैँ सरकारबिरुद्ध बिरोध जनाएका हुन् ।

आयोगका अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलील उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न लगाउनु कानूनसंवत नभएको आन्दोलन गर्ने चेतवानी दिएका छन् ।

शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसमेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा उनरुले निष्कर्ष निकालेका छन् । राज्यको चरम दुरुपयोग गर्दे देशका प्रधानमन्त्री र मन्त्रीहरुलेनै एउटा स्वायत निकायका कार्यकारी प्रमुखमाथि गरेको व्यवहार जघन्य अपराध जस्तै भएको ठहर गर्दछौँ।

मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयम्मा भत्सर्नायोग्य छँदै छ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);