बैदौली स्वास्थ्य चौकीलाई ५ थान अक्सिजन कन्स्ट्रेटर सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बैदौली स्वास्थ्य चौकीलाई ५ थान अक्सिजन कन्स्ट्रेटर सहयोग

कपिलवस्तु । कपिलवस्तु यशोधरा गाँउपालिकाले बैदौली स्वास्थ्य चौकीले सञ्चालन गरेको अस्थायी कोभिड–१९ अस्पताललाई खालस एड इन्टरनेस्नलद्धारा ५ थान अक्सिजन कन्स्ट्रेटर सहयोग गरेको छ ।

उक्त सामाग्री हस्तान्तरण गर्दै सामाजिक अभियन्ता अब्दुल मोविन खानले समुदायमा रहेको स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन उपकरण सहयोग गरिएको बताए ।

अक्सिजन कन्स्ट्रेटर यशोधरा गाउपालिकाका स्वास्थ्य इकाईको अथक प्रयास बाट प्राप्त भएको हो । उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै यशोधरा गाँउपालिकाका स्वास्थ्य इकाई प्रमुख विरेन्द्र कुमार मिश्राले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनु पर्ने बताए ।

उनले प्राप्त गरेको उपकरणको सही सदुपयोग हुने समेत प्रतिवद्धता जनाए । हस्तन्तरण कार्यक्रममा शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह, मोहित मिश्रा, अब्दुल करिम लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);