भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ६८ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ८ सय ४८ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३ सय ५८ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ९० हजार ६ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ६८ हजार ८ सय १७ सहित भारतमा जम्मा २ करोड ८९ लाख ९४ हजार ८ सय ५५ ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा ६ लाख ४३ हजार १ सय ९४ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २९ करोड ४६ लाख ३९ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);