अफगानिस्तान तालिवान विद्रोहीको पकड बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अफगानिस्तान तालिवान विद्रोहीको पकड बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघको चिन्ता

एजेन्सी । अफगानिस्तान तालिवान विद्रोहीको पकड बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

अफगानिस्तान लागि राष्ट्रसंघकी विशेष दुत डिबोरा लियोन्सले पछिल्लो समय अफगानिस्तान अधिकांश क्षेत्रमा तालिवानको प्रभाव बढीरहेको भन्दै यस्तो बताएका हुन् ।

देशका ३ सय ७० जिल्लामध्ये अहिलेसम्म ५० भन्दा बढी जिल्ला तालिवानहरुको नियन्त्रणमा गइसकेको भन्दै उहाँले यही क्रम जारी रहे छिटै पुरै देशमा तालिवान विद्रोहीको नियन्त्रण हुने उनको ठहर गरेका छन् ।

यसले अफगानिस्तान नजिक र टाढाका छिमेकी देशहरुमा समेत सुरक्षा जोखिम बढेको बताईएको छ । सोमबार मात्रै तालिवान विद्रोहीले ताजकिस्तानसँगको मुख्य सिमा नाका नियन्त्रणमा लिएका थिए ।

कुन्दुज प्रान्तको राजधानी कुन्दुज शहरमा सरकारी सेनाको नियन्त्रण भएपनि प्रदेशका अन्य शहरहरुमा तालिवानको पकड छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);