अफगानिस्तान पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानिस्तान पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरको भनाई

एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै मुलुक पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरले बताएका छन् ।

अफगानिस्तानबाट अघिल्लो महिनाबाट अमेरिकी सेना फिर्ता गर्ने कार्यसँगै हिंसात्मक घटनाहरु बढेको भन्दै सेनाका उच्च कमाण्डरले यस्तो बताएका हुन् । सेना फिर्ता हुने क्रमसँगै तालिवान विद्रोही समूहले धेरै क्षेत्रहरु कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने अमेरिकी सेनाका जनरल स्कल मिलरले जानकारी दिएका छन् । तर त्यसपछि अफगानिस्तानको अवस्था झनै नाजुक हुने बताउँदै त्यहाँको नेतृत्व मुलुकलाई एकतावद्ध बनाउन असक्षम रहेको बताइएको छ ।

हाल ३ सय ७० जिल्ला मध्ये ५० जिल्ला विद्रोहीको कब्जामा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);