अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको तालिवानको दावी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको तालिवानको दावी

एजेन्सी । अफगानिस्तान लाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता भएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ ।

मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरू सँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका हुन् ।

उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको बताएका छन् । अब इस्लामिक इमिरेट्स अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भन्न कुनै समस्या नरहेको उनको भनाइ छ । मुजाहिदले अफगानिस्तानले पश्चिमा मुलुकसँगको कूटनीतिक सम्बन्ध कायम राख्ने र अफगान नागरिकले आफ्नो स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताको रक्षा गर्ने बताएका छन् ।

यसअघि अमेरिकी सेना पूर्णरूपमा अफगानिस्तानबाट बाहिरिनु अघि अमेरिकी सेनाका कमाण्डरले उद्धार गर्न चाहेको सबै मानिसलाई उद्धार गर्न नसकिएको बताएका थिए । अमेरिकी सेना पूर्णरूपमा फिर्ता गएसँगै तालिबानले विजय उत्सव पनि मनाएको थियो ।

यसैबीच अमेरिकी सेना काबुल विमानस्थलबाट निस्किएपछि तालिबानका नेताले विमानस्थलमा फौजी पहिरनमा देखिएका आफ्ना लडाकूलाई सम्बोधन गर्दै स्वतन्त्रताका लागि बधाई दिएका छन् । सम्बोधनका क्रममा तालिबान नेताहरूले सर्वसाधारणलाई शिष्ट भएर व्यवहार गर्न पनि आग्रह गरेका छन् ।

अफगान जनता प्रेम र सहानुभूतिका हकदार भएका कारण उनीहरूसँग शिष्ट भएर व्यवहार गर्न नेताहरूले लडाकुलाई निर्देशन दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);