आईएस समूहका बाँकी लडाकुलाई टर्कीले परास्त गर्छ : ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आईएस समूहका बाँकी लडाकुलाई टर्कीले परास्त गर्छ : ट्रम्प

trump-syria

एजेन्सी, १० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली विद्रोही इस्लामिक स्टेट (आईएस) समूहका बाँकी लडाकुलाई टर्कीले परास्त गर्ने बताएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँगको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै सिरियाली विद्रोही इस्लामिक स्टेट आईएस समुहका बाँकी लडाकुलाई टर्किले परास्त गर्ने बताएका हुन् ।

भेटमा टर्किका राष्ट्रपतिले सिरियामा सक्रिय आईएस लडाकुलाई परास्त गर्न टर्कीसक्षम रहेको विश्वास दिलाएको ट्रम्पको भनाई छ । ट्रम्पले इस्लामिक स्टेट परास्त भएको दाबी गर्दै सिरियामा तैनाथ २ हजार अमेरिकी सेना फिर्ताको घोषणा गरेका थिए ।

यद्यपि, उनको कदमको आफ्नो पार्टी तथा गठबन्धन राष्ट्रले आलोचना गरेका छन् । सोमबार ट्रम्पले ट्वीटरमा ‘इर्दोगान उक्त समस्या सुल्झाउन सक्षम भएको दाबी’ गरेका छन् । दुई नेताबीच वासिङ्टनमा भएको भेटवार्ता सिरियामा सक्रिय आईएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइटहाउसले जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर गरिसकेको जनाइएको छ । अमेरिकी सैनिक अधिकारीका अनुसार ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै आदेशमा हस्ताक्षर भएको बताए ।

गृहयुद्धबाट तहसनहस सिरियाबाट अप्रत्यासित रुपमा अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको घोषणाले विश्वभर अमेरिकी साझेदार मुलुक र अमेरिकी राजनीतिक नेता आश्चर्यमा परेका थिए ।

सिरियामा संघर्षरत इस्लामिक स्टेट (आईएस) का लडाकुविरुद्धको कारबाहीमा बहुराष्ट्रिय सेनासँगै करिब २ हजार अमेरिकी सेना सिरियामा तैनाथ छन् । अमेरिकी सैनिक फिर्तीको आदेशको विस्तृत विवरण भने दिइएको छैन ।

टर्कीले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने विषयलाई स्वागत गरेको छ । आईएसविरुद्ध अमेरिकी सेनालाई सघाएका कुर्दिस लडाकुमाथि अब टर्कीले कारबाही गर्ने जनाइएको छ । कुर्दिस लडाकुलाई अमेरिकीले मित्रशक्ति माने पनि टर्कीले आतंककारी भएको बताउने गर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);