नाइके बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

नाइके बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको आशंका

america sainik

एजेन्सी, १० कात्तिक । आतंकबादी संगठन इस्लामिक स्टेट (आईएस आईएसका) नाइके अबु बकर अल बग्दादी अमेरिकी सैनिक काराबाहीमा मारिएको आशंका गरिएको छ । उत्तर–पश्चिम सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा आईएस आईएसका नेता मारिएको र ती बग्दादी नै भएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्वीटरमा ‘केही ठूलो काम भएको’ ट्विट गरेसंगै मारिने बग्दादी नै भएको आशंका गरिएको छ । आईएस आईएसका प्रमुख बग्दादी पछिल्ला ५ वर्षदेखि ‘भूमिगत’ थिए । पछिल्लो समय सन् २०१४ मा बग्दादीको एक भिडियो सार्वजनिक भएको थियो ।

जसमा उनी इराकको मोसुलस्थित एक मस्जिदमा देखिएका छन् । यसअघि पनि थुप्रैपटक बग्दादी सैनिक कारबाहीको निशाना बनेको खबरहरु सार्वजनिक भएका थिए । सन् २०१८ को फेब्रेअरीमा अमेरिकी अधिकारीहरुले सन् २०१७ को मे महिनामा भएको सैनिक कारबाहीमा परेर बग्दादी घाइते भएका दाबी समेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);