सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता मस्री मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता मस्री मारिए

एजेन्सी, ९ कार्तिक । अफगानिस्तानको सुरक्षा फौजको कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएका छन् ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले ट्वीट गर्दै सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएको जानकारी दिएको हो । मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका थिए ।

उनीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो । घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष कारबाहीमा मारिएका मस्री अल कायदाका दोस्रो नेता भएको बताइएको छ ।

उनी इजिप्टका नागरिक हुन् । हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध अमेरिकाले सन् २०१८ को डिसेम्बरमा पक्राउ पूर्जी जारी गरेको थियो ।

यसअघि अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्माघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । विस्फोटमा कम्तीमा ५७ जना घाइते भएको बताइएको छ । विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);