इजरायली सेनाको आक्रमणबाट कमाण्डर बहा अबु अल अताको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इजरायली सेनाको आक्रमणबाट कमाण्डर बहा अबु अल अताको मृत्यु

baha abu all ata

एजेन्सी, २६ कात्तिक । इजरायली सेनाको आक्रमणबाट प्यालेष्टिनी विद्रोही समूह प्यालेस्टीनी इस्लामिक जिहादी पि आइ जेका नेता कमाण्डर बहा अबु अल अताको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार गरेको कारबाहीमा पि आइ जेका नेता कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको संचार माध्यमहरुले जनाएका छन् ।

इजरायली सेनाले अल अताको घरमा गरेको आक्रमणमा उनकी पत्नी पनि मारिएको इजरायली सेनाले बताएको छ । इजरायली सेनाले जारी गरेको इजरायली सेना र इजरायलको शिन बेट आन्तरिक सुरक्षा बलले गरेको संयुक्त कारबाही अन्तर्गत प्यालेष्टिनी कमाण्डर अल अता बस्दै आएको भवनमा आक्रमण गरिएको र उनीसहित उनकी श्रीमतीको घटनास्थलमा नै मृत्यु भएको उल्लेख छ । अताले नेतृत्व गरेको इस्लामिक समूहले पनि घटनामा आफ्ना कमाण्डरको मृत्यु भएको पुष्टि गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);