सुरुङमा बनेका हमासको आधार शिविरमा इजरायली आक्रमण, इजरायली सेना गाजामा ट्याङ्कहरूसहित आक्रमण गर्न तयार | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

सुरुङमा बनेका हमासको आधार शिविरमा इजरायली आक्रमण, इजरायली सेना गाजामा ट्याङ्कहरूसहित आक्रमण गर्न तयार

एजेन्सी, २८ असोज । इजरायल–हमास युद्धको आज नवौं दिन हो । यसैबीच, इजरायल रक्षा बलले सुरुङमा बनेका हमासको स्थानमा आक्रमण गरेको छ। सेनाले जबल्या, जायतुन, अल–फुरकान र बेत हानौन क्षेत्रमा भूमिगत सुरुङमा आक्रमण गरेको थियो। यहाँ धेरै मोर्टार लन्चरहरू नष्ट भएका छन्।

यसै क्रममा इजरायल डिफेन्स फोर्सले भने– हामी गाजामा जमिन आक्रमण गर्न तयार छौं । अहिलेसम्म हामीले हवाई हमला ग¥यौं, तर अब हामी गाजामा तीनै तर्फबाट (जमिन, समुद्र र आकाश) आक्रमण गर्नेछौं । न्युयोर्क टाइम्सका अनुसार गाजा सीमामा जमिन आक्रमणका लागि १० हजार सैनिक तैनाथ गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले गाजाका अस्पतालहरूमा भर्ना भएका बिरामीहरूलाई देश छाड्न बाध्य पार्नु मृत्युदण्डको सजायसरह भएको बताएको छ । वास्तवमा, इजरायली आक्रमणमा १९ भन्दा बढी अस्पतालहरू क्षतिग्रस्त भएका छन्। २० भन्दा बढी एम्बुलेन्स ध्वस्त भएका छन् । यस्तो अवस्थामा बिरामीलाई पनि बाहिर निकाल्ने काम भइरहेको छ । उनीहरूले गाजाका अन्य सुरक्षित अस्पतालहरूमा पनि ठाउँ पाएका छैनन् किनभने त्यहाँ हजारौं घाइतेहरूको उपचार भइरहेको छ। बिरामी पनि देश छोड्न बाध्य छन्।

आइतवार, सेनाले किबुट्ज निरिम र किबुट्ज नीर ओजमा आक्रमण गर्ने हमास कमाण्डरलाई मारेको बताएको थियो। सेनाले भन्यो– हमासको नुख्बा युनिटका कमाण्डर बिलाल अल–केद्रा मारिएका छन्। यसअघि १४ अक्टोबरमा इजरायली सेनाले हमासका दुई शीर्ष कमाण्डरको हत्या गरेको थियो । सेनाले अक्टोबर ७ मा इजरायलमा आक्रमणको नेतृत्व गर्ने कमाण्डर अली कादीलाई मारेको जनाएको छ । अली कादीलाई मार्ने काम इजरायलको आन्तरिक खुफिया एजेन्सी शिन बेटले गरेको थियो। यसै क्रममा हमासका वायुसेना प्रमुख मुराद अबु मुराद पनि इजरायली आक्रमणमा मारिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);