बंगलादेशमा दुई रेल आपसमा ठोक्किँदा १६ यात्रुको मृत्यु, ५० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बंगलादेशमा दुई रेल आपसमा ठोक्किँदा १६ यात्रुको मृत्यु, ५० घाइते

bangaladesh rail accident

एजेन्सी, २६ कात्तिक ।  बंगलादेशको ब्राह्मणबरिया जिल्लामा यात्रुवहाक रेल दुर्घटना हुँदा १६ यात्रुको ज्यान गएको छ भने अन्य ५० जना घाइते भएका छन् । स्थानीय समयअनुसार मंगलबार बिहान ३ बजे उक्त दुर्घटना भएको हो ।

सिल्हेतबाट चट्टोग्रामतिर गइरहेको उदयन एक्सप्रेस मोन्दोभाग रेलवे स्टेसनमा ढाका गइरहेको टर्ना निशिता एक्सप्रेससँग ठोक्किएको थियो । अखौरा रेलवे प्रहरी चौकीका अधिकारी श्यामल कान्ति दासले १२ जनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा ज्यान गएको बताएका छन् । उक्त दुर्घटनामा ५० जना यात्रु घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);