ओडिशा रेल दुर्घटनामा १०१ मृतकको अझै सनाखत हुन सकेन,५५ शव आफन्तलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

ओडिशा रेल दुर्घटनामा १०१ मृतकको अझै सनाखत हुन सकेन,५५ शव आफन्तलाई हस्तान्तरण

एजेन्सी, २३ जेठ । बालेश्वर रेल दुर्घटनाको चार दिन बितिसक्दा पनि अहिलेसम्म १ सय १ जनाको शव सनाखत हुन सकेको छैन । शुक्रबार साँझ करिब ७ बजे भएको उक्त दुर्घटनामा कम्तीमा २७५ जनाको मृत्यु भएको छ भने करिब १ हजार जना घाइते भएका छन् । अधिकारीहरूले सोमबार भने कि १०१ शव अझै पहिचान गर्न बाँकी छ।

डिभिजनल रेलवे प्रबन्धक, पूर्वी मध्य रेलवे, रिंकेश रोयका अनुसार लगभग २०० जना अझै पनि ओडिशाका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन्। दुर्घटना भएको दिन करिब ११ सय जना घाइते भएको रोयले बताए । जसमा करिब ९०० जना उपचारपछि डिस्चार्ज भएका छन् । राज्यका विभिन्न अस्पतालमा करिब २ सय जनाको उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाएका २७५ मध्ये १०१ शवको पहिचान हुन बाँकी छ ।

ओडिशाको बालेश्वरको बहनागा स्टेशन नजिकै साँझ तीन फरक ट्र्याकमा रहेका रेलहरू एक आपसमा ठोक्किएका हुन्। कोरोमण्डल एक्सप्रेसले बहनगा स्टेसन पार गर्न लाग्दा मालगाडी उभिएको लुप लाइनमा अचानक रेल खस्यो । त्यसपछि यस्तो भीषण टक्कर भयो, कोरोमण्डल एक्सप्रेसको इन्जिन मालगाडीमाथि चढ्यो । ठोक्किएपछि कोरोमण्डल एक्सप्रेसको बोगी अर्को मुख्य लाइन अर्थात् डाउन लाइनमा खसेको थियो । बैंगलोर–हावडा एक्सप्रेस आइरहेको थियो र ट्र्याकमा खसेको बोगी च्यात्यो।

Leave a Reply

ताजा समाचार

Test Post Created

५ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

११ घन्टा अघि