बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ । मृतकको परिचय खुल्न भने बाँकी छ । जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ । से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए ।

दुर्घटनामा परी ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमध्ये छ जनाकाे पहिचान खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिप सडकबाट करिब  ३ सय मिटर तल खसेको छ ।  घटनाका बिषयमा थप जानकारी आउन बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);