तीर्थयात्री बोकेको जीप दुर्घटना, १ को मृत्यु, ४ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ताप्लेजुङ, ३ असोज । सोमबार बिहान तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, दुर्घटनामा परी पाथीभरा दर्शन गरेर फर्किएकी उर्लाबारी नगरपालिका–४, झापाकी अनिता थापा घिमिरेको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा अनिलजंग थापा, होमराज घिमिरे, दिलिप घिमिरे र चालक अमिक श्रेष्ठ रहेका छन् । गम्भीर घाइते भएका चारैजना उर्लाबारी झापाका हुन् ।
घाइते ४ जनालाई उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);