बिरामी बोकेको जीप दुर्घटना हुँदा २ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिरामी बोकेको जीप दुर्घटना हुँदा २ जना घाइते

motercycle durghatana

सुवास आचार्य

बाग्लुङ, ६ जेठ । बाग्लुङमा बिरामी बोकेको जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ३ उपल्लो लमइमा ग २ च ५९८० नम्बरको पिकअप जीप दुर्घटना हुँदा सोही वडाका ७२ वर्षीया भविकला बस्नेत र २६ वर्षीय विष्णु बस्नेत घाइते भएका हुन ।

जीपले बिरामी लिएर हस्पिटल जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी चौकी हटियाका सई अनुप खत्रीले बताउनु भयो । ब्रेक फेल हुँदा जीप सकडकबाट एक सय मिटर तल खसेको बताइएको छ ।

घाइतेको गलकोट स्थित आरोग्य हस्पिटलमा सामान्य उपचारपछि थप उपचारकोलागी पोखरा रिफर गरिएको प्रहरीको भनाई छ । घाइते भविकला खत्रीको बाँया हातमा गम्भीर चोट लागेको जनाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);